चीनबाट भुकम्प प्रभावितलाई १० करोड बराबरको सामग्री आइपुग्यो, जाजरकोट र रुकुम पठाईदै

चीनले गत शुक्रबारको भूकम्पका कारण विचल्लीमा परेका जाजरकोटसहितका पीडितहरूका लागि १० करोड नेपाली रुपैयाँ बराबरको राहत सामग्री पठाएको छ।

काठमाडौंस्थित चिनियाँ राजदूत छन् सोङले सोमबार झिलाङ(रसुवागढी नाका हुँदा उक्त मूल्य बराबरको पहिलो लटको राहत सामग्री नेपाल आईसकेको र त्यसलाई अब सिधै जाजरकोट र रुकुम पठाउने बताएका छन् ।

EPIC EPIC EPIC EPIC EPIC

राजदूत सोङका अनुसार यो राहत सामग्रीमा २ हजार ३०० टेन्ट, २ हजार कम्बल, ७०० थान त्रिपाल, ५०० स्प्रेयर सामेल छन्। चीनले भूकम्पपीडितका लागि थप राहत सामग्री पठाउने जनाएको छ। उसले थप राहत सामग्री आउने क्रममा रहेको उल्लेख गरेको छ।

चिनियाँ राजदूत सोङले नेपालको प्राकृतिक विपत्‍को यो घडीमा सबैजना मिलेर संकटलाई टारेर अघि बढ्ने बताए। उनले भूकम्पपीडितको घर पुनर्निर्माणमा पनि सघाउने बताएका छन्।

सोमबार मात्रै राजदूत सोङले प्रधानमन्त्री पुष्कपमल दाहाल प्रचण्डलाई भेटेका थिए। उक्त भेटमा भूकम्पपीडितलाई राहत र पुनर्निर्माणका विषयमा कुराकानी भएको थियो ।

भारतले पनि भूकम्प पीडितका लागि राहत सामाग्री उपलव्ध गराएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *