Search
Close this search box.
Search
Close this search box.

चैत मसान्तभित्र विद्यालयमा पुस्तक पूर्याउने

काठमाडौं । जनक शिक्षा सामाग्री केन्द्रले आगामी चैत मसान्तभित्र बालबालिकाको पाठ्यपुस्तक विद्यालयमा पुर्‍याइसक्ने जनाएको छ । कक्षा ५ देखि १० कक्षासम्मको पुस्तक प्रकाशन गरिरहेको जनक शिक्षाले धमाधम छपाईको काम गरिरहेको छ ।

कक्षा ५ देखि १० कक्षासम्मको लागि आवश्यक एक करोड ४७ लाख सेट पुस्तकमध्ये करिब २५ लाख मात्रै छपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । छपाइ गर्न बाँकी रहेको पाठ्यपुस्तक १० चैतभित्र सक्ने र १० गतेबाटै प्रदेश विक्री केन्द्रबाट विक्री वितरण शुरु गर्ने तयारी भईरहेको केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए ।

EPIC EPIC

‘छपाईको काम १० चैतभित्र सक्नेगरी काम गरिरहेका छौं र सोही दिनबाट हाम्रो विक्री केन्द्रबाट विक्रि वितरण सुरू गर्ने तयारी छ ।’, उनले भने ‘चैत मसान्तभित्र विद्यालयमा पुस्तक पुग्छ र भर्नासँगै विद्यार्थीले किताब पाउँछन् ।’ जनक शिक्षा पाठ्यक्रम विकास केन्द्र भन्दा बाहेक ८ वटा प्रादेशिक व्रिकी केन्द्र र एक हजार २५० वितरण केन्द्रहरु रहेको छ ।

केन्द्रले दैनिक दुई लाख पुस्तक छपाइ क्षमता रहेको र त्यसमा दैनिक एक लाख पुस्तक छपाइको काम भइरहेको जानकारी दिएको छ । केन्द्रले यसवर्ष दुई वटा बाइन्डिङ मेसिन थप गरेकोले काम छिटो भइरहेको केन्द्रको भनाइ छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *