झापा। भारतले आईसीसी च्याम्पियन्स ट्रफी २०२५ को उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ। आइतबार सम्पन्न फाइनल खेलमा भारतले न्युजिल्याण्डलाई ४ विकेटले पराजित गर्दै च्याम्पियन बन्न सफल भयो।

न्युजिल्याण्डले दिएको २५२ रनको लक्ष्य भारतले ४९औं ओभरमा ६ विकेट गुमाएर पूरा गर्यो। कप्तान रोहित शर्माले उत्कृष्ट ब्याटिङ गर्दै शुभमन गिलसँग शतकीय साझेदारी गरे। रोहितले आक्रामक शुरुवात गर्दै ७६ रनको योगदान दिए। श्रेयस अय्यरले ४८ रन बनाउँदा केएल राहुल ३४ रनमा अविजित रहे।

न्युजिल्याण्डले १०५ रनमा पहिलो विकेट झारेर भारतलाई दबाबमा राख्न खोजेको थियो। माइकल ब्रेसवेल र मिचेल सान्टनरले २-२ विकेट लिए भने काइल जेमिसन र रचिन रविन्द्रले १-१ विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २५१ रन बनाएको थियो। टिमका लागि डारिल मिचेलले ६३ रनको सर्वाधिक योगदान दिए भने माइकल ब्रेसवेल ५३ रनमा अविजित रहे। रचिन रविन्द्रले ३७ र ग्लेन फिलिप्सले ३४ रन जोडे।
बलिङतर्फ भारतका लागि वरुण चक्रवर्ती र कुलदीप यादवले २-२ विकेट लिए भने मोहम्मद शामी र रविन्द्र जडेजाले १-१ विकेट लिए।
यो जितसँगै भारतले आफ्नो तेस्रो च्याम्पियन्स ट्रफी उपाधि हात पारेको छ। यसअघि, भारतले २००२ मा श्रीलंकासँग संयुक्त रूपमा उपाधि जित्दा २०१३ मा एकल रूपमा उपाधि जितेको थियो।
कप्तान रोहित शर्माको उत्कृष्ट नेतृत्व र विस्फोटक ब्याटिङ भारतीय जितको मुख्य आधार रह्यो। उनको प्रेरणादायी कप्तानीले टिमलाई आत्मविश्वास प्रदान गर्यो र उनले निर्णायक खेलमा महत्वपूर्ण योगदान दिए। भारतीय क्रिकेटलाई नयाँ उचाइमा पुर्याउन उनको भूमिकालाई उच्च सम्मान गर्नुपर्छ।