छात्रामाथि दुर्व्यवहार आरोपित प्रधानाध्यापक, विद्यालयमै खुट्टा ढोग्दै मिलापत्र गराइयो

धनगढी – कैलालीको गौरीगंगा नगरपालिका–८ लिक्मास्थित जनप्रिय माध्यमिक विद्यालयका निमित्त प्रधानाध्यापक धनीदत्त भट्टले छात्रामाथि दुर्व्यवहार गरेको आरोप लागेको छ। जन्मदिन मनाउने बहानामा छात्रालाई घुम्न बोलाएर दुर्व्यवहार भएको घटना सार्वजनिक भए पनि अन्ततः मिलापत्रमा टुंगिएको छ।

फागुन २ गते भट्टले एक छात्रालाई घोडाघोडी तालमा जन्मदिन मनाउने भन्दै फोन तथा म्यासेन्जरबाट प्रस्ताव राखेका थिए। छात्राले अस्वीकार गरेपछि अन्य साथीहरू पनि आउने भन्दै फकाएका थिए। शिक्षकहरूको योजनाअनुसार दुई छात्रा घोडाघोडी जाने सहमत भए पनि उनीहरूलाई घुमाउने नाममा चिसापानी पुर्याइएको थियो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

छात्राहरूले शिक्षकहरूको व्यवहार शंकास्पद देखेपछि होटेलमा बास बस्न अस्वीकार गरेका थिए। शिक्षकहरूले मोबाइल बन्द गर्न दबाब दिएको, परीक्षामा पास गराइदिने आश्वासन दिएको र राति साथीको घरमा भएको भनेर झुट बोल्न बाध्य पार्न खोजेको छात्राहरूले बताए। जबरजस्ती गर्न खोजेपछि छात्राहरू भागेर ज्यान जोगाउन सफल भएका थिए।

फागुन १० गते छात्राहरूले विद्यालय व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय, मसुरियामा उजुरी दिए। तर, कारबाहीको सट्टा विद्यालय व्यवस्थापन समितिले मिलापत्र गराउने प्रयास गर्‍यो। अन्ततः विद्यालयमै शिक्षक भट्टलाई छात्राको खुट्टा ढोग्न लगाएर मिलापत्र गरिएको छ।

यस विषयमा प्रतिक्रिया लिन खोज्दा शिक्षक भट्टले फोन उठाएका छैनन्। प्रहरी प्रशासनले घटनाबारे थप अनुसन्धान नबढाइएको जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *