जंगली हात्ती गाउँ पस्न थालेपछि बुद्धशान्तिका वासिन्दा त्रसित

बुद्धशान्ति – अघिल्लो बर्षझैं यसबर्ष पनि मध्यरातमा जंगली हात्ती गाउँ प्रवेश गर्न थालेपछि बुद्धशान्ति गाउँपालिकाका वासिन्दा त्रसित बनेका छन्।

नजिकै रहेको आदर्श नमूना सामुदायिक वनहुँदै आउने हात्तीले गाउँ छिरेर आतंक मच्चाउने सुरु गरेकाे छ।

EPIC EPIC EPIC EPIC EPIC

गएराति बुद्धशान्ति ३ का दुर्गा पौडेलको घरमा सामान्य क्षती पुर्याएको छ । घरभित्र राखेको धानलाई जंगली हात्तीले बारलाई भत्काएर खाएको छ ।

पछिल्लो एकसाता देखि जंगली हात्ती गाउँ पस्न थालेका छन् । दिनभरि नजिकैको जंगलमा बस्ने हात्ती रात परेपछि गाउँ प्रवेश गरेर दैनिकजसो घर भत्काउने र मानिसमाथि आक्रमण गर्दै आएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *