Search
Close this search box.
Search
Close this search box.

जनकपुरको धानबारीमा मृत फेला परेका युवकको आफ्नै साथीले हत्या गरेको खुलासा

जनकपुरको धान खेतमा मृत भेटिएका युवकको हत्या लागूऔषध सेवान र मोबाइलको सामान्य विवादको कारण भएको खुलेको छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका २४ सोनापाड बस्ने फुलगेन महराका २४ वर्षीय छोरा रुपेश महराको साथीबाटै हत्या भएको खुलेको हो ।

हत्या अभियोगमा पक्राउ पर्नेमा जनकपुरधाम सोनापाडा बस्ने वर्ष २० का पवन सहनी र हरिचन मण्डल छन् । उनीहरुलाई जिल्ला पन्तको प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलन गरि सार्वजनिक गरेको छ ।

EPIC

गत बिहीबार बिहान जनकपुरधाम उपमहानगरपालिका २३ बेला स्थित धान खेतमा रुपेशको शव फेला परेको थियो । घटनास्थलको अनुसन्धान डग टोलीसहित परिचालन गरि गरिएको थियो ।

तीनैजना लागूऔषध सेवन गरेपछि मोबाइलको विषयमा भएको समान्य विवादको कारण बाँसको भाटा प्रहार गरि दुवैजना साथी मिलेर प्रहार गरि धान खेतमा फालेको धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काले बताए । बाँसको भाटा प्रहार गरेर घाइते अवस्थामा छाडेर गएपछि रुपेशको मृत्यु भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए ।

उजीहरु बुधबार टेम्पो चढ़ी जटही हुदै भारतको पारी बजारमा गई लागु औषध नाईट्राभेट ट्यावलेट खरिद गरी मिरिन्डा पे(पदार्थमा मिसाई सेवन गरेका थिए । पुनः जनकपुर आई सोही राति साढे ९ बजे जनकपुरधाम उप(महानगरपालिका वडा नं। २३ स्थित बाटोमा मोवाईल सेटको बिषयमा वाद(विवाद हुँदा हरिचन मण्डलले बासको गोलो भाटाले मृतक रुपेशको टाउको लगायत पिठ्युको भागमा प्रहार गरी फालेको प्रहरीले जनाएको छ । पवन सहनीले निज हरिचन मण्डललाई सहयोग गरेको खुलेको छ । दुबैजनामाथि कर्तव्य ज्यान मुद्दामा म्याद थप अनुसन्धान गरिरहेको एसपी खड्काले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *