जनकपुरमै पाङ्ग्रा बिर्सिएर उड्यो बुद्ध एयरको जहाज, काठमाडौंमा ‘एक पाङ्ग्रे’ अवतरण!

जनकपुरबाट उडेको बुद्ध एयरको एउटा जहाज पाङ्ग्राबिनै काठमाडौं विमानस्थलमा सशुकल अवतरण गरेको छ ।

जनकपुरबाट ४ बजेर ३९ मिनेटमा काठमाडौंका लागि उडेको उक्त जहाज काठमाडौंमा ५ बजेर ६ मिनेटमा अवतरण गर्दा अगाडिको एउटा पांग्रा नै थिएन ।

EPIC EPIC EPIC EPIC EPIC

उक्त जहाजमा पाङ्ग्रा नभएको चालक दलका सदस्यले थाहा नै नपाएको बताइएको छ । विमानमा ६२ यात्रु थिए । अगाडिका दुईमध्ये एक पाङ्ग्रा नदेखिएपछि सोधखोज गर्दा उक्त पाङ्ग्रा जनकपुरमै छुटेको थाहा भएको थियो ।

युफोर ५०६ उडान नम्बर भएको उक्त एटीआर जहाजको पाङ्ग्रा हराएकोबारे जाँचबुझ भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिए । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *