जनकपुरले काठमाडौँ गोर्खाजलाई दियो १३१ रनको लक्ष्य

काठमाडौँ। आजदेखि राजधानीमा सुरु भएको दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाडौँ गोर्खाजलाई जितको लागि १३१ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको जनकपुरले निरधारित २० ओभरमा छ विकेट गुमाएर १३० रनको योगफल बनाएको हो ।

EPIC EPIC EPIC

जनकपुरको लागि आसिफ शेखले सर्वाधिक ५४ रनको योगदान दिनुभयो । उहाँले ४१ बलमा छ चौका र एक छक्का प्रहार गर्दै ५४ रन बनाउनुभयो । यस्तै,  मयन यादवले ३४ तथा लाहिरु समारकूनले २२ रन बनाउनुभयो । लाहिरु मिलन्था सात रनमा आउट हुनुभयो ।

काठमाडौँ गोर्खाजका लागि मिलिन्द कुमारले तीन विकेट लिनुभयो भने सन्तोष यादव, साहब आलम तथा करण केसीले समान एक/एक विकेट लिनुभयो ।

यसअघि भएको पहिलो संस्करणको खेलमा भने  जनकपुरले काठमाडौँलाई पाँच विकेटले पराजित गरेको थियो । काठमाडौँ अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।  

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *