जन्मदिन खास दिनमा बुधबारे जेसिसले वितरण गर्यो,भाग्य बोक्ने झोला

बुद्धशान्ति जन्मदिन खासदिनको अवसर पारेर बुधबारे जेसिजका महासचिव जेसी अर्जुन ढकाल र कोषाध्यक्ष बिनोद रिजालले बिद्यार्थीहरुलाई झोला वितरण गरेका छन्।

उनिहरुले बुद्धशान्ति ३ स्थित शिशु सुधार बिद्यालयका ६० जना विद्यार्थीलाई “भाग्य बोक्ने झोला” हस्तान्तरण गरेका हुन्।
बिद्यालयमा आइतबार एक कार्यक्रम गरी भाग्य बोक्ने झोला वितरण गरिएको हो।
विद्यार्थीको उज्ज्वल भबिष्यको कामना गर्दै रिजाल र ढकालले आफ्नो जन्मदिनमा भाईबहिनीहरुलाई सहयोग गर्न पाँउदा मन हर्षित भएको उल्लेख गरे।
बुधबारे जेसिसका पुर्व अध्यक्ष जेसी नन्दकुमार याफु राइले,बुधबारे जेसिजले बुद्धशान्तिका सबै वडा र क्षेत्रमा विभिन्न कार्यक्रमहरु संचालन गरिरहेको स्मरण गराएका थिए।

EPIC EPIC EPIC EPIC EPIC

कार्यक्रममा बोल्दै बिधालयका प्रधानाध्यापक पदमबहादुर थापाले बुधबारे जेसिज र रिजालको सहयोगको प्रशंसा गरेका थिए।

उनले भने, “बुधबारे जेसिजले गरेका कार्यक्रमहरु र खासगरी बिनोद रिजालले गर्नुभएको सहयोगको हामि प्रशंसा गर्न चाहान्छौ,उहाँलाई धन्यवाद भन्न चाहान्छौ”।
शिशु सुधार आधारभुत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष नेत्रप्रसाद रिजालले जन्मदिनको अवसरमा अरुलाई सहयोग गर्ने कार्यक्रमले समाजमा नयाँ सन्देश छोडेको उल्लेख गरे।
“आफ्नो गोजिबाट हुने फजुल खर्च कटाएर,यसरी जन्मदिन मनाउनु ठुलो कुरो हो,जो कसैले यस्तो सोच राख्नै सक्दैन म उहाँहरुको प्रशंसा गर्न चाहान्छु।”

बुधबारे जेसिजका अध्यक्ष मुकेश भट्टराईले जेसिसले समाजप्रतिको दायित्व बोध गराएको उल्लेख गर्दै,बुधबारे जेसिजका सदस्यहरुबाट स्वस्फूर्त रूपमा नयाँ-नयाँ कार्यक्रम पेश भएकोमा आफ्नो टिमलाई धन्यवाद दिएका थिए।

उनले भने,” हाम्रा साथिहरुबाट नयाँ कार्यक्रमहरु आइरहेका छन्, यस्ता फरक-फरक र नौला कार्यक्रमले गर्दा बुधबारे जेसिजको सुन्दरता बढेको छ।”

कार्यक्रममा यो साता जन्मदिन परेका बुधबारे जेसिसका महासचिव र कोषाध्यक्षलाई शुभकामना दिदै, केक समेत काटिएको थियो।
कार्यक्रममा बुधबारे जेसिसका पुर्व अध्यक्षहरु जेसि नन्दकुमार याफुराई,मानार्थ सदस्य दिपेन सिटौला, बुधबारे जेसिसका पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो।
कार्यक्रमको संयोजन गरेका बिनोद रिजालले अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रमको संचालन महासचिव जेसी अर्जुन ढकालले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *