जन्मदिनको खास दिनमा बुधबारे जेसिसले वितरण गर्‍यो,भाग्य बोक्ने झोला

img 20230220 wa0091

झापा। जन्मदिन खासदिनको अवसर पारेर बुधबारे जेसिजका पुर्वाध्यक्ष जेसी सेमन्त पोखरेलले बिद्यार्थीहरुलाई झोला वितरण गरेका छन्।

उनले बुद्धशान्ति २ स्थित आदर्श माध्यमिक बिद्यालयका ३१ जना विद्यार्थीलाई “भाग्य बोक्ने झोला” हस्तान्तरण गरेका हुन्।
विद्यार्थीको उज्ज्वल भबिष्यको कामना गर्दै पोखरेलले आफ्नो जन्मदिनमा भाईबहिनीहरुलाई सहयोग गर्न पाँउदा मन हर्षित भएको उल्लेख गरे।

EPIC EPIC EPIC EPIC EPIC

बुधबारे जेसिसका सदस्य एवं आजको कार्यक्रमका संयोजक जेसी सुरज दङ्गालले जन्मदिनको दिन सबैले यस्तै उदाहरणिय काम गर्नुपर्ने उल्लेख गरे।

बिद्यालयका शिक्षक चन्द्रप्रकाश पौडेलले जेसिजले गरेको जन्मदिन खासदिनको प्रंशसा गरेका थिए।

“बुधबारे जेसिजले गरेका कार्यक्रमहरु र खासगरी आजको कार्यक्रमको हामि प्रशंसा गर्न चाहान्छौ,उहाँलाई धन्यवाद भन्न चाहान्छौ”, उनले भने।

बुधबारे जेसिजका अध्यक्ष अर्जुन ढकालले जेसिसले समाजप्रतिको दायित्व बोध गराएको उल्लेख गर्दै,बुधबारे जेसिजका सदस्यहरुबाट स्वस्फूर्त रूपमा नयाँ-नयाँ कार्यक्रम पेश भएकोमा आफ्नो टिमलाई धन्यवाद दिएका थिए।

उनले भने,” हाम्रा साथिहरुबाट नयाँ कार्यक्रमहरु आइरहेका छन्, यस्ता फरक-फरक र नौला कार्यक्रमले गर्दा बुधबारे जेसिजको सुन्दरता बढेको छ।”

कार्यक्रममा बुधबारे जेसिसका पदाधिकारी एवं बिद्यालयका शिक्षक र अन्य अतिथिहरुको उपस्थिति थियो।
कार्यक्रमको संचालन बुधबारे जेसीजका कार्यकारिणि उपाध्यक्ष जेसी बिनोद रिजालले गरेका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *