बुद्धशान्ति । झापाको बुद्धशान्ति –२ जयपुरमा वडा नं २ प्रथम जयपुर टोल कप प्रतियोगिता हुने भएको छ ।
स्थानीय जयपुर भेट्रान क्लबको आयोजनामा आउँदो फागुन २ गतेदेखि ७ गतेसम्म हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको क्लबका अध्यक्ष सेमन्त पोखरेलले आज आयोजित पत्रकार भेटघाटमा बताएका छन् ।
उनले बुद्धशान्ति–२ का दश वटा टोल बिच प्रतिष्पर्धा हुने बताएका छन् । प्रतियोगिताको बिजेताले नगद रु १५ हजार, मेडल र ट्रफि प्राप्त गर्ने र उपविजेताले नगद रु १० हजार र मेडल र ट्रफि पाउने बताइएको छ । हरेक दिन हरेक बिधामा खेलाडीहरुलाई समेत पुरस्कृत गरिने बताइएको छ ।
आदर्श मावि जयपुरको खेल मैदानमा दिउँसो २ बजेबाट हुने प्रतियोगिताको प्रथम पुरस्कार स्थानीय नवज्योती युवा क्लबको प्रायोजन गरेको छ भने उपबिजेतालाई समाजसेवी मणीकुमार राईले प्रायोजन गरेका हुन् । त्यस्तै वडा नं २ को कार्यालयले पनि खेल सञ्चालनका लागि नगद रु १५ हजार सहयोग गरेको वडा सदस्य एवम् झापा जिल्ला फुटबल संघका सदस्य अमिर श्रेष्ठले बताएका छन् । उनले स्थानीय स्तरमा टोलमा भएका प्रतिभाहरुलाई उजागर गर्न क्लबले खेलेको भूमिका महत्वपूर्ण रहेको बताए । उनले खेल सामग्री प्रदान गर्दै आगामी दिनमा समेत वडाले सहयोग गर्ने बताए ।
पछिल्लो समय बुद्धशान्तिमा खेलकुदले फड्को मार्दै गएको छ । प्रायजसो हरेक महिना खेल हुँदै आएको छ ।