जलथलको चारकोशे वनमा दुर्लभ पहेंलो कछुवा फेला

झापा । झापाको हल्दिबारी गाउँपालिका–४ स्थित जलथलको चारकोशे वन क्षेत्रमा दुर्लभ प्रजातिको कछुवा फेला परेको छ। श्री पाथिभरा कालिका सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता विवेक बास्तोलाले चिसो पानी बगिरहने स्थानमा कछुवा देखेपछि तत्कालै समूहलाई जानकारी गराएका थिए।

समूहका सह-सचिव भरत ढकालका अनुसार उक्त कछुवा असार १ गते बिहान फेला परेको हो। हाल कछुवालाई पाथिभरा कालिका सामुदायिक वनमार्फत जलथल सब-डिभिजन वन कार्यालय, रंगियाडाँडाँका कर्मचारीलाई जिम्मा लगाइएको छ।

EPIC EPIC EPIC EPIC EPIC

नेपालका चराचुरुङ्गी तथा जीवजन्तु अनुसन्धानकर्ता अस्मित सुब्बाका अनुसार उक्त कछुवा स्पटेड नर्थर्न इन्डियन फ्ल्यापशेल टर्टल (Lissemys punctata andersoni) प्रजातिको हो। पाकिस्तानदेखि म्यानमारसम्म फैलिएको यो सौफ्टशेल कछुवा नेपालमा तराईका केही क्षेत्रमा करिब ४०० मिटर उचाइसम्म पाइन्छ।

सुब्बाका अनुसार यो अति कछुवाको यो क्रोमेटिक ल्युसिज्म दुर्लभ रूप (पहेलो) नेपाल बाट दोस्रो पटक अभिलेख हुनसक्ने कुरा जानकारि गराए ।यसअघि जनकपुरमा यसको अभिलेख गरिएको थियो।

सुब्बाले फरेष्ट एक्सन नेपालको अध्ययनका क्रममा यस कछुवालाई जलथल वनमा अभिलेख गरेका थिए। यद्यपि, यस्ता कछुवा विरलै मात्र देखिने भएकाले यस घटनालाई संरक्षणका दृष्टिकोणले विशेष महत्व दिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *