काठमाडौं । जाजरकोटमा भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क आसपास केन्द्रविन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको हो ।
यसअघि गत चैत २२ गते सोही स्थानमा केन्द्रविन्दु भएर पाँच दशमलव पाँच रेक्टरको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ ।