जातीय सद्भाव कायम गर्ने कामना सहित नेवि संघको कार्यक्रम

बुधबारे – जातीय विभेद् अन्त्य गरौँ, सामाजिक सद्भाव कायम गरौँ लगायतका नाराका साथ बुद्धआदर्श माविमा आज नेविसंघले कार्यक्रम गरेको छ ।

जातीय सद्भाव कायम गर्नुपर्ने सन्देश झल्किने विभिन्न नारा सहितको पम्प्लेट देखाएर कार्यक्रम गरिएको थियो । नेविसंघ बुद्धआदर्श माविका सभापति अनन्त आर्यालको सभापतित्वमा भएको कार्यक्रममा पछिल्लो समय सामाजिक सञ्जालमा जातिय छुवाछुतका विषयमा भेद्भाव भएको भन्दै यस्को अन्त्य गर्नुपर्नेमा नेविसंघ बुद्धशान्तिका कार्यवाहक सभापति उमेश भट्टराईले जोड दिएका छन् ।

EPIC EPIC EPIC

विद्यार्थीहरुको हक, हित र अधिकारका लागि निरन्तर सक्रिय रहेका नेविसंघले आगामी दिनमा सकारात्मक सन्देश प्रवाह गर्ने यस्ता कार्यक्रम गर्दै जाने नेविसंघ बुद्धशान्तिका सूचना विभाग प्रमुख दिपेश भट्टराईले जानकारी दिए ।

कार्यक्रममा नेविसंघ झापा जिल्ला सञ्चार विभाग प्रमुख गोकुल पौडेल, नेविसंघ बुद्धशान्तिका वरिष्ठ सदस्य विमल पराजुली, नेविसंघ मुनामदन इकाइ सभापति दिपेन विश्वकर्मा लगायतका विद्यार्थीनेताहरुको उपस्थिती रहेको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *