जापानिज इन्सेफलाइटिस : ३६ जिल्लामा फैलियो, २३ जनाको मृत्यु

काठमाडौं । तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस (जेई) संक्रमण तीव्र रूपमा फैलिन थालेको छ । ३६ जिल्लाका ११३ जनामा संक्रमित फैलिँदा २३ जनाको ज्यान गएको छ ।

परिवार कल्याण महाशाखाका अन्तर्गतको खोप शाखाका प्रमुख डा. अभियान गौतमका अनुसार जापानिज इन्सेफलाइटिस विगत तीन वर्षयता आक्रामक रूपमा देखिएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

विगतका वर्षमा जेई संक्रमण देखिए पनि मृत्युदर उच्च थिएन । हाल भने मृत्यु संख्या ह्वात्तै बढेको छ । ‘अघिल्लो वर्षमा संक्रमितमध्ये २९ प्रतिशतको मृत्यु भएको थियो । 

गत वर्ष ८६ संक्रमितमध्ये २५ जनाले ज्यान गुमाएका थिए । यसवर्ष सबैभन्दा बढी प्रभावित प्रदेशहरू लुम्बिनी, मधेश, कोशी, गण्डकी र बागमती छन् ।

पछिल्लो तथ्यांकअनुसार जेई ३६ जिल्लामा फैलिसकेको छ । जसमध्ये लुम्बिनीमा ३७, बागमतीमा १८, कोशीमा १७, मधेशमा १४, गण्डकीमा १६, सुदूरपश्चिममा ९ र कर्णालीमा २ जनामा संक्रमण देखिएको छ ।

बर्दिया, कावासोती, रत्ननगर, कालिका, राप्ती, कपिलवस्तु, माडी, कृष्णनगर, हरिवन, लहान, भद्रपुर, उल्लाबारी र गौरीगञ्जका बासिन्दा संक्रमित भएका छन् । संक्रमितमध्ये ६३ महिला र ५० पुरुष छन् ।

२३ जनाको मृत्यु, ४० वर्ष नाघेकालाई बढी असर

महाशाखाको तथ्यांकअनुसार मृत्यु हुने सबैभन्दा बढी लुम्बिनी प्रदेशका छन् । नवलपरासी पश्चिममा २, अर्घाखाँची, रुपन्देही, प्युठान, दाङ, बाँके र बर्दियामा १-१ जनाको मृत्यु भएको छ ।

गण्डकी र बागमतीमा ४-४ जनाको मृत्यु भएको छ । चितवनमा ३, नवलपरासी पूर्वमा ३, सिन्धुली र स्याङ्जा १-१ जनाको संक्रमितको मृत्यु भएको छ ।

यस्तै कोशीको रौतहटमा २, झापा, मोरङ र तेहथुम १-१ जना र सुदुरपश्चिको कैलालीमा १ जना संक्रमितको मृत्यु भएको छ ।

जेईले सबैभन्दा बढी ४० वर्ष माथिका असर गरेको छ । तथ्यांकअनुसार ४० वर्षभन्दा माथिका १८ जनाको र ३९ वर्ष मुनिका ५ जना संक्रमितको मृत्यु तथ्यांक छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *