जिप्रका झापाले भन्योः सामाजिक सञ्जालमा अपशब्द र अशिष्ट भाषा प्रयोग गर्न पाइँदैन

झापा – जिल्ला प्रशासन कार्यालय झापाले असार ३० र ३१ गते स्वतन्त्र नागरिक समाज, भद्रपुरको ब्यानरमा दिपक तिम्सिना नामका सामाजिक सञ्जाल प्रयोगकर्ताले राखेका सामग्रीहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

कार्यालयले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त आरोपहरू तथ्यहीन भएको स्पष्ट पारेको छ।

EPIC EPIC EPIC EPIC EPIC

विज्ञप्तिअनुसार, सामाजिक सञ्जाल प्रयोगकर्ता दिपक तिम्सिनाले अपशब्द र अशिष्ट भाषा प्रयोग गरी तथ्यहीन आरोपहरू लगाएको पाइएको छ। यस विषयमा बुझ्नका लागि जिल्ला प्रशासन कार्यालयले उनलाई झापामा बोलाउँदा उनले आफू अरुको बहकाउमा लागेर आवेश र उत्तेजनामा आई अशिष्ट तथा अमर्यादित भाषा प्रयोग गर्न पुगेको स्वीकार गर्दै क्षमा याचना गरेको उल्लेख छ। उनले त्यसदिन कामले कुनै कुरा नबुझेपछि फर्कँदा बाहिर कसैले भनेको कुराले यस्तो भएको बताएका छन्।

जिल्ला प्रशासन कार्यालयले आफ्ना सेवाहरूलाई गुनासो रहित र सेवाग्राहीमैत्री बनाउन निरन्तर प्रयासरत रहेको जनाएको छ। यस सन्दर्भमा हालैका दिनदेखि क्युआर कोड मार्फत गुनासो/प्रतिक्रिया सङ्कलन तथा नागरिक वडापत्रको व्यवस्था लगायतका प्रबन्ध गरिएका छन्।

कार्यालयले विचौलियाका गतिविधि नियन्त्रणका लागि गृहमन्त्रीको निर्देशनअनुसार कारबाही गर्दै आएको र यसैक्रममा केही समय अगाडि विभिन्न कार्यालयहरूबाट विचौलियाहरू नियन्त्रणमा लिई मुद्दा समेत चलाइएको जानकारी दिएको छ।

यस कार्यालय तथा जिल्लाभित्रका अन्य कार्यालयहरूमा समेत नागरिकहरूलाई दुःख दिने, सेवाग्राहीमाथि अनावश्यक आरोप–प्रत्यारोप गर्ने, बलजफ्ती गर्ने, बढी सेवा शुल्क लिने, हुलाक टिकटमा अधिक मूल्य लिने वा अन्य काममा रसिद नदिई पैसा लिने, कार्यालयका सेवाहरूमा ढिलासुस्ती हुने, काम गराइदिन्छु/मिलाइदिन्छु भनी झुकाउने गरेको पाइएमा तत्कालै कारबाही गरिने चेतावनी दिइएको छ।

कार्यालयले यस विषयमा जो कसैले जुनसुकै माध्यमबाट पनि सूचना दिनुहुन सबैलाई अनुरोध गरेको छ। साथै, गुनासो गर्दा सार्वजनिक शिष्टाचार र मर्यादालाई ध्यान राख्न पनि अनुरोध गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *