जिल्लामै न्याय सम्पादनमा उदाहरणीय बन्दै कचनकवल

झापा — कचनकवल गाउँपालिका न्यायिक समितिको आयोजनामा कानुनी साक्षरता तथा क्षमता अभिवृद्धि कार्यक्रम शनिवार सम्पन्न भएको छ। कार्यक्रममा गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशी प्रमुख अतिथिको रुपमा सहभागी थिए भने झापा जिल्ला अदालतका न्यायाधीश तेजबहादुर खड्काले कार्यक्रमको सहजीकरण गरेका थिए।

कार्यक्रममा कार्यपालिका सदस्य, न्यायिक समिति सदस्य, वडा सचिव तथा मेलमिलापकर्ताबीच कानुनी सरोकार र व्यवहारमा आधारित अन्तरक्रिया गरिएको थियो।

EPIC EPIC EPIC

न्यायिक समिति संयोजक तथा गाउँपालिका उपाध्यक्ष नवराज भट्टराईले सामाजिक विवादको समाधान मेलमिलाप विधिबाट छिटो, सरल र न्यायसंगत ढंगले गर्दै आएको जानकारी दिए। “कानुनी उपचारलाई सबैको पहुँचमा पुर्‍याउँदै न्यायिक समितिले मेलमिलापमार्फत सामाजिक न्याय स्थापनाको प्रयास गरिरहेको छ,” उपाध्यक्ष भट्टराईले भने।

कार्यक्रममा उजुरी प्रशासक सरला लुइटेलले कचनकवल गाउँपालिका मेलमिलाप प्रक्रिया र न्याय सम्पादनमा जिल्लामै अग्रस्थानमा रहेको दाबी गरिन्।

प्रमुख अतिथि राजवंशीले मेलमिलापकर्ताहरूको सक्रियता र योगदानको प्रशंसा गर्दै न्याय सम्पादनका लागि आवश्यक बजेट विनियोजन गरिएको बताए। “समाजमा मेलमिलाप र समानताको भावना फैलाउने अहिलेको प्रमुख आवश्यकता हो,” उनले भने, “यो कार्यमा हरेक नागरिकको भूमिका महत्वपूर्ण हुन्छ।”

गाउँपालिकाले न्यायसम्बन्धी भौतिक पूर्वाधार तथा आवश्यक सामग्रीको व्यवस्था गरिसकेको जानकारी समेत उनले दिए।

कार्यक्रमले स्थानीय तहमा कानुनी सचेतना र मेलमिलाप संस्कृतिको प्रवर्द्धनमा टेवा पु-याउने विश्वास लिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *