उर्लाबारी, ६ चैत।
उर्लाबारीस्थित जीवन विकास लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुख कार्यालयमै झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। संस्थाका उर्लाबारी शाखा प्रमुख ३२ वर्षीय भुपेन्द्रकुमार साहको शव कार्यालयमै फेला परेको हो।
साहको स्थायी घर मोरङको झुर्किया रहेको छ। उनी गत मंसिर २ गतेदेखि उक्त शाखामा प्रमुखका रूपमा कार्यरत थिए।
घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बराल नेतृत्वको टोलीले घटनास्थलमा पुगेर अनुसन्धान थालेको छ। घटनाको कारण खुल्न नसकेको र विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।



















