जेनजी प्रदर्शनका क्रममा चितवनमा मृत भेटिएका व्यक्ति भारतीय भएको पुष्टि

काठमाडौं  । जेनजी आन्दोलनमा चितवनमा मृत भेटिएका व्यक्ति भारतीय रहेको पुष्टि भएको छ । 

रत्ननगर नगरपालिकाको मेयरको कार्यकक्षमा भदौ २५ गते बिहान डढेको अवस्थामा शव भेटिएको थियो । २४ गते प्रदर्शनकारीले नगरपालिकाको कार्यालय जलाइदिएका थिए ।

EPIC EPIC EPIC EPIC EPIC EPIC

मृत व्यक्ति भारतको बिहार राज्य, बेतिया जिल्लाको चौतराथानाका १८ वर्षीय साहिल मिया रहेको स्रोतले जनाएको छ । शव भेटिएपछि जनपथ प्रहरी र नेपाली सेनाका प्रतिनिधि पुगेर मुचुल्का उठाएका थिए ।

आफन्तले सनाखत गरेर शव बुझेको छन् । उनी रत्ननगर–२ मा बसोबास गर्दै आएका थिए।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *