जेसिज अध्यक्षको जन्मदिनमा बालबालिकालाई ‘भविष्य निर्माण सामाग्री’

बुधबारे जेसिजका अध्यक्ष जेसी मुकेश भट्टराईले आफ्नो जन्मदिनको अवसरमा बालबालिकाहरुलाई “भविष्य निर्माण सामाग्री” वितरण गरेका छन्।
बुद्धशान्ति १ स्थित सरस्वती बाल बिकास केन्द्रका १४ जना बालबालिकालाई उनले शैक्षिक एवं खेलकुदका सामाग्री प्रदान गरेका हुन्।
बुधबार एक कार्यक्रमका बिच अध्यक्ष भट्टराईले सामाग्री हस्तान्तरण गर्दै बालबालिकाको प्रगतिको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी वडा नम्बर १ का वडाध्यक्ष जेसी अनिल वाग्लेले सामाजिक गतिविधिमा जेसिज सधैं अग्रभागमा रहेको बताए।
उनले जेसिजले गर्ने यस्ता सुन्दर कामहरुले नै जेसीहरुको परिचय फराकिलो बनेको उल्लेख गरेका थिए।

कार्यक्रमका अर्का बक्ता बालबिकास केन्द्रका सह-सचिव खेमराज गड्तौलाले बुधबारे जेसिजको प्रशंसा गर्दै जेसिजलाई इश्वरको संज्ञा दिएका थिए।

EPIC EPIC EPIC

उनले केहिसमय अघिको घटनालाइ स्मरण गर्दै बुधबारे जेसीजलाई इश्वर भनेका हुन।
गडतौला परिवारका एक सदस्यको गत बर्ष करेन्ट लागेर ज्यान जाँदा बुधबारे जेसिजले गरेको सहयोगको स्मरण गर्दै उनले राज्यले नहेर्दा जेसिजले सहयोग गरेको उनले उल्लेख गरे।

बिधालयकी सदस्य अम्बिका कट्टेलले जन्मदिनको अवसरमा बालबालिकाको भविष्यबारे ध्यान दिएको भन्दै अध्यक्ष भट्टराईको प्रशंसा गरेकि थिइन्।

केन्द्रकी शिक्षिका निर्मला चापागाईंले भविष्य बनाउने सामाग्रीले विद्यार्थीको सिकाईमा महत्त्वपूर्ण भुमिका खेल्ने उल्लेख गरेकी थिईन।
बुद्धशान्ति १ स्थित सरस्वती बालबिकास केन्द्रमा १४ शिशुका लागी १ जना शिक्षिका छिन्।

बुधबारे जेसिजका उपाध्यक्ष एवं लाहुरे होटल बिर्तामोडका संचालक राज पौडेलको सयोजकत्वमा भएको कार्यक्रममा जेसिज पदाधिकारी,बालबालिका, अभिभावक एवं बाल बिकास केन्द्रका प्रतिनिधिहरु सहभागी थिए।

कार्यक्रमको संचालन बुधबारे जेसिजका महासचिव एवं होक्से क्लिनिक एन्ड डाइग्नोष्टिक सेन्टरका संचालक जेसी अर्जुन ढकालले गरेका थिए।
बुधबारे जेसिजका सदस्यहरुले जन्मदिनलाई खास दिनको रुपमा लिएर बिभिन्न सामाजिक गतिविधिहरु गर्दै आएका छन्।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

Bishnu Prasad Lamichane

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च