विर्तामोड । नेपाली कांग्रेस जिल्ला समिति झापाको मतगणनामा देउमान थेबेले पहिलो पटक अग्रता लिएका छन् । २ हजार ८७२ मतगणना हुँदा थेबेले १४३९ र राम कट्टेलले १४११ मत प्राप्त गरेका छन् ।
हाल सम्म क्षेत्र नम्बर १, २, ४ र ५ को मतगणना भइसकेको छ भने क्षेत्र नम्बर ३ को गणना भइरहेको छ ।
त्यस्तै उपसभापति पदका उम्मेदवार केशवराज पाण्डेले १५५५, प्रेम सुम्बाहाम्फेले १३०७, शेरबहादुर भट्टराईले १३७५ र शमशेर गिरीले ११३५ मत प्राप्त गरेका छन्।
सचिव पदका उम्मेदवार नवीन बिमलीले १५००, बिश्वदिप लिङ्देनले १३५९, टोम राजवंशीले १२०७ र कृष्ण हुमागाईंले १३६६ मत प्राप्त गरेका छन्।
उपसचिव पदका उम्मेदवार कमल प्रसाद भण्डारीले १४४१ , पदम लिम्बुले १२८३, कलेन्द्र प्रसाद राजवंशीले १४१७ र उमाराम प्रसाईंले १२३६ मत प्राप्त गरेका छन्।
शनिबार भएको निर्वाचनमा ३३११ जना क्षेत्रीय प्रतिनिधि र वडासभापतीहरुले मतदान गरेका थिए।
कुल ३३११ मतदाता मध्ये क्षेत्र नं. १ बाट ६०८, २ बाट ५९३, ३ बाट ६४०, ४ बाट ७५२ र ५ नम्बर क्षेत्रबाट ७१८ जनाले मतदान गरेका थिए।
बिर्ताबजारको पब्लिक क्याम्पसमा नेपाली कांग्रेस जिल्ला कार्य समिति झापाको मतगणना जारी छ।