Search
Close this search box.
Search
Close this search box.

झापा कांग्रेसमा ३४०० मतदाता,१७००ले गरे मतदान

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत आज झापा जिल्ला समितिको निर्वाचन भैरहेको छ।

पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माको समर्थन पाएका राम कट्टेल र महामन्त्री कृष्णप्रसाद सिटौलाको समर्थन पाएका देवमान थेबे चुनावमा आ-आफ्नो प्यानल सहित मैदानमा उत्रीएका छन्।

EPIC EPIC

कुल ३३८९ मतदाता रहेको आजको निर्वाचनमा मध्याह्न १२ बजेसम्ममा ५०% मतदाताले मतदान गरिसकेको निर्वाचन अधिकृत सुबोधबाबु सिलवालले जानकारी दिए।

मतदाताहरुले १० वटा केन्द्रबाट मतदान गरि आफ्ना उम्मेदवार चयन गर्दैछन्। निर्वाचन अपरान्ह ३ बजे सकिने अधिकृत सिलवालले बताएका छन्। “दुबैपक्षका नेता-कार्यकर्ताहरु सौहाद्रपुर्ण वातावरणमा भोट हालिरहनुभएको छ,५०% मत खसीसक्यो” उनले भने।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *