झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह, निवर्तमान उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौले विशेष अदालतमा आरोपपत्र दायर गरेको छ ।
दोश्रो पटक अध्यक्ष बनेका जयनारायण शाह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत चोलाराज दंगाल, इन्जिनियर अभिषेक दास र सब-इन्जिनियर विज्ञान चम्लागाईँ लगायत सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धनपति थपलिया, सचिव फडिन्द्र प्रसाद खरेल, कोषाध्यक्ष शान्ता देवी सुब्बा, तत्कालीन वडाध्यक्षहरु हरिबहादुर बानियाँ, नेत्रप्रसाद उप्रेती, र मोतिलाल गणेश विरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र बुझाएको हो ।
उनिहरुमाथी सडक निर्माणका क्रममा २२ लाख ९ हजार ८२३ रुपैयाँ बढी भुक्तानी दिएको आरोप छ।
अख्तियारले उनीहरुलाई ऐन बमोजिम कैद र जरिवाना गर्न अख्तियारले मागदाबी गरेको छ ।
सडक निर्माण कार्यमा झापामै धेरै काम भएको दावी गर्दै आएको झापा गाउँपालिकामा अन्य सडकहरूमा पनि अनमियता भएको हुनसक्ने स्थानीयले आशंका गर्दै आएका छन् ।