झापाका चिन्तन पाठक कोशी प्रदेशका सम्भावित नयाँ मन्त्री

पालिका सन्देश | कोशी प्रदेशमा एमालेले मन्त्री फेरबदलको तयारी अघि बढाएसँगै झापाका नेता तिलचन पाठक (चिन्तन) नयाँ मन्त्रीका रूपमा चर्चामा आएका छन्। मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कार्यसम्पादन सुधार र संगठनभित्रको असन्तुष्टिलाई सम्बोधन गर्न मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन्।

पाठक एमाले झापा जिल्ला कमिटीका पूर्व अध्यक्ष हुन्। त्यसपछि उनले एमाले कोशी प्रदेश सचिवको जिम्मेवारी सम्हालेका थिए। लामो समयदेखि पार्टी संगठन, जनसंपर्क र नीति निर्माणमा सक्रिय रहँदै आएका उनी हाल एमाले केन्द्रीय सल्लाहकार परिषद् सदस्यका रूपमा कार्यरत छन्। पार्टीभित्र उनी इमानदार, संगठनप्रति समर्पित र नीति–निर्देशनमा अनुभवी नेताका रूपमा चिनिन्छन्।

EPIC EPIC EPIC

एमाले स्रोतका अनुसार मंसिरको पहिलो साताभित्र नयाँ मन्त्रीहरूको नाम सार्वजनिक गरिनेछ। हालको एमाले तर्फका मन्त्रीहरू आर्थिक मामिला तथा योजना, खानेपानी तथा सिँचाइ, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन, र मुख्यमन्त्री कार्यालयअन्तर्गत राज्यमन्त्री गरी पाँच मन्त्रालयमा कार्यरत छन्। कानुन मन्त्री रेवतीरमण भण्डारी बाहेक अरू सबैलाई फिर्ता बोलाउने तयारी गरिएको छ।

पाठकसँगै धनकुटाका निरन राई, इन्द्रमणि पराजुली, सुनसरीका रामप्रसाद महतो, र संखुवासभाका विदुर लिंथेप पनि सम्भावित नयाँ मन्त्रीको सूचीमा परेका छन्। महिला प्रतिनिधित्वका लागि सुनसरीकी मिना श्रेष्ठको नाम पनि अघि बढाइएको छ।

एमालेले यस पटक मन्त्री छनोटमा भौगोलिक सन्तुलन, जातीय समावेशिता र कार्यदक्षतालाई मुख्य आधार बनाउने तयारी गरेको छ। पार्टी इन्चार्ज शेरधन राई र अध्यक्ष घनश्याम खतिवडा विराटनगर फर्किएलगत्तै नयाँ मन्त्रीहरूको अन्तिम टुंगो लगाइने जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *