Search
Close this search box.
Search
Close this search box.

झापाको गौरीगञ्जमा चट्याङ लागेर एक पुरुषको मृत्यु

झापाको गौरीगञ्जमा वर्षासँगै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । गौरीगञ्ज गाउँपालिका ८ का ४२ वर्षीय लीला भन्ने विकास गिरीको चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

योसँगै आजै झापामा चट्याङ लागेर दुई जनाको मृत्यु भएको हो । आज बिहान पौने ९ बजेको समयमा गौरीगंज ३ स्थित ठेकिटोला सिताराम दाहालको खेतबारीमा धानको बिउ उखार्ने क्रममा उनीमाथि चट्याङ परेको थियो । त्यस्तै आजै बिहान कमल गाउँपालिका २ स्थित समाईगढ निवासी ४६ वर्षीय राजन खड्काको पनि चट्याङ लागेर मृत्यु भएको छ। 

EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *