बनियानी – झापाको चारकोशे जलथल जंगलमा एक जंगली हात्ती मृत अवस्थामा फेला परेको छ। कचनकवल गाउँपालिका-७ स्थित पाथीभरा सामुदायिक वनभित्र हात्ती मृत भेटिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्र खडकाले जानकारी दिएका छन्।
बुधबार साँझ हात्ती मृत फेला परेको भए पनि उक्त क्षेत्रलाई अन्य तीनदेखि चारवटा जंगली हात्तीले घेरिराखेका कारण नजिक पुग्न कठिनाइ भइरहेको डीएसपी खडकाले बताए। मृत हात्तीको उमेर, लिंग तथा मृत्युको कारण हालसम्म खुल्न सकेको छैन।
डिभिजन वन कार्यालय झापा र प्रहरीको टोली घटनास्थलमा पुगेको छ भने अनुसन्धान जारी रहेको जनाएको छ।



















