झापाको धनुषकोटीमा पिकनिक खान गएका २ समूहबीच झडप, २ जना घाइते

झापाको कनकाईस्थित धनुषकोटीधाम (भुरुंगा) मा दुई समूहबीच झडप हुँदा दुईजना घाइते भएका छन् ।

EPIC

वनभोज खान तथा रमाइलो गर्न गएका दुई समूहबीच खुकुरी हनाहान समेत भएको प्रहरीले जनाएको छ ।

EPIC EPIC EPIC

बिर्तामोडबाट आएको वनभोज समूह र अर्को समूहका युवाहरुले मादक पदार्थ सेवन गरेर विवाद सिर्जना गर्दा आज साँझ भएको झडपमा भएको प्रहरीले जनाएको छ ।

विवादमा एउटा समूहले खुकुरी निकालेर प्रहार गर्दा बिर्तामोड-५ का उमेश चौधरी र दिपक लिम्बू घाइते भएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुरज कार्कीले बताए ।

चौधरीको बिएन्डसी र लिम्बूको बिर्तासिटी हस्पिटलमा उपचार भइरहेको डिएसपी कार्कीले बताए । उनीहरुको टाउकोमा चोट रहेको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको अवस्था सामान्य छ ।

प्रहरीले खुकुरी प्रहार गर्ने समूहको खोजी गरिरहेको जनाएको छ । उनीहरुले प्रयोग गर्ने दुई थान मोटरसाइकल र खुकुरी बरामद गरेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको डिएसपी कार्कीले बताए ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *