झापाको सीमावर्ती क्षेत्रमा विप्लवको दौडधुप, स्थानीय समस्यामा गम्भीर चासो

झापा। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ झापाको सीमावर्ती ग्रामीण बस्तीमा पुगेका छन्। उनले स्थानीय जनतासँग अन्तरक्रिया गर्दै उनीहरूका समस्या सुनेर समाधानका लागि पार्टीको प्रतिबद्धता दोहोर्याएका छन्।

महासचिव विप्लवले विशेष गरी सीमा अतिक्रमण, भूमि व्यवस्थापन, सुरक्षा, र विकास जस्ता महत्वपूर्ण मुद्दाहरूमा गम्भीर चासो व्यक्त गरे। उनले सीमा अतिक्रमणविरुद्ध सशक्त पहल गर्नुपर्ने आवश्यकता औंल्याउँदै, राज्यले सीमावर्ती क्षेत्रमा बेवास्ता गरे कम्युनिस्ट आन्दोलनले अगुवाइ लिने चेतावनी दिए।

EPIC EPIC EPIC

साथै, शिक्षा, स्वास्थ्य, रोजगारी, र पूर्वाधार विकास जस्ता आधारभूत आवश्यकताहरू पूरा गर्न नेकपाले निरन्तर संघर्ष गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।

महासचिव विप्लवको झापा भ्रमणलाई पार्टीको अग्रगामी आन्दोलनलाई बलियो बनाउन महत्त्वपूर्ण मानिएको छ। नेकपाका झापा जिल्ला इन्चार्ज सुमनसिंह सी का अनुसार, यो भ्रमणले झापालाई देशको राजनीतिक निकाससँग जोड्ने रणनीति निर्माणमा सहयोग गर्नेछ।

नेकपाका किरात-लिम्बुवान प्रदेश इन्चार्ज दिपेश सी को नेतृत्वमा भद्रपुर विमानस्थलमा महासचिव विप्लवलाई भव्य स्वागत गरिएको थियो। पार्टीका केन्द्रीय सदस्य अर्जुन सी ले झापामा भइरहेको प्रतिक्रान्तिकारी षड्यन्त्र रोक्दै, क्रान्तिकारी प्रवृत्तिलाई नयाँ दिशा दिने महासचिवको यो पहल ऐतिहासिक बन्ने विश्वास व्यक्त गरे।

महासचिव विप्लवको यो भ्रमणले झापा मात्र नभई समग्र देशको राजनीतिक परिदृश्यमा प्रभाव पार्ने विश्लेषकहरूको अनुमान छ। नेकपाको सक्रियता सीमावर्ती क्षेत्रका समस्याहरू सम्बोधन गर्न प्रभावकारी हुने विश्वास गरिएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *