झापामा अनुचित लेनदेनका ८३ उजुरी

झापा। जिल्लामा अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी जाँचबुझ आयोगद्वारा निवेदन माग भएपछि ८३ उजुरी दर्ता भएका छन्। जिल्ला प्रशासन कार्यालयमा उक्त उजुरी दर्ता भएका हुन्। 

सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाइँका अनुसार आयोगले पहिलोपटक सूचना सार्वजनिक गरेको मिति गत जेठ ११ गतेदेखि हालसम्म उक्त उजुरी परेका हुन्। 

EPIC EPIC EPIC

उनले आगामी साउन ४ गतेसम्मका लागि म्याद थप भएकाले उजुरी गर्नेको संख्या बढ्न सक्ने बताए। 

सहायक प्रमुख जिल्ला अधिकारी चापागाइँले भने, “मेरो नेतृत्वमा जिल्ला प्रहरी कार्यालय र जिल्ला सरकारी वकील कार्यालयको प्रतिनिधि रहेको संयन्त्र गठन भएको छ, जसले आयोगले सूचना आह्वान गरेपछि परेका उजुरीउपर आवश्यक छलफल तथा फर्छौट गर्नेछ।” 

उजुरी गर्ने म्याद अझै बाँकी नै रहेकाले अन्तिम म्याद सकिएपछि आयोगको निर्देशनबमोजिम संयन्त्रले काम गर्ने उनको भनाइ थियो। 

अन्य समयमा परेका उजुरीको अवस्था 

अनुचित लेनदेनसम्बन्धी अन्य समय (२०८१ जेठ अगाडि)मा परेका ७७ उजुरी जिल्ला प्रहरी कार्यालयमा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। 

जिल्ला प्रशासन कार्यालयबाट आएका ७७ र प्रहरी कार्यालयमा दर्ता भएका १६ गरी ९३ उजुरीमध्ये २९ मा सहमति भएको प्रहरी निरीक्षक महेन्द्र पराजुलीले जानकारी दिए। 

यसैगरी १५ मुद्दा दर्ता भएको, १९ वटामा सहमति भई फर्छौट भएको, ६ उजुरीका सम्बन्धमा विपक्षी छलफलमा उपस्थित नभएको, २ उजुरीमा विपक्षीको एकीन ठेगाना नखुलेको, १३ उजुरी निवेदन प्राप्त हुनुअगावै अदालती प्रक्रियामा गएका र ९ उजुरी छलफल प्रक्रियामा नै रहेको प्रहरी निरीक्षक पराजुलीले बताए।

हालसम्ममा अनुचित लेनदेनमा २ करोड ५७ लाख १ हजार नगद र १ बिघा १४ कठ्ठा ५ धुर जमिन फिर्ता गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च