झापामा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइयो

भद्रपुर। झापामा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ । फेब्रुअरी १३ का दिन प्रणय दिवसको अवसर पारेर विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाउने गरिएको छ ।

EPIC

स्वास्थ्य कार्यालय झापा तथा प्रादेशिक अस्पताल भद्रपुरको आयोजनामा आज सम्पन्न कार्यक्रममा एएचएफ नेपालले सहजीकरण गरेको छ । एएचएफले सहजीकरण गरेको कार्यक्रममा निःशुल्क कण्डम वितरण गरिएको थियो । सो अवसरमा अस्पतालका कर्मचारीहरू तथा वार्ड इन्चार्जहरूलाई सहभागी गराई कण्डम सम्बन्धी जानकारी मूलक सन्देश प्रवाह गरिएको थियो ।

EPIC EPIC EPIC

कार्यक्रममा दुर्गा आचार्यले कण्डमको महत्व, यसको सही प्रयोग तथा सुरक्षित यौन स्वास्थ्यबारे जानकारी गराउनुभएको छ । त्यस्तै, अस्पतालका निमित्त मेडिकल सुपरेन्टेन्डेन्ट डा. रामबाबु खड्काले कण्डमको उपयोग र यसको आवश्यकता बारे जानकारी दिनुभयो । उहाँहरूले कण्डम प्रयोगलाई अझ प्रभावकारी बनाउन तथा समुदायमा यसको सहज उपलब्धता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो ।

कण्डम वितरण कार्यक्रममा स्वास्थ्य कार्यालय झापा, प्रादेशिक अस्पताल भद्रपुरका नर्सिङ स्टाफ, वार्ड इन्चार्जहरू, भद्रपुर नगरपालिकाका प्रतिनिधिहरू तथा पोखरा विश्वविद्यालयका जनस्वास्थ्य विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सुरक्षित यौन स्वास्थ्यका उपायहरूको महत्व बुझ्दै कण्डमको सही प्रयोगबारे जानकारी लिएका थिए ।

एएचएफले विगतदेखि नै विश्व एड्स दिवस, राष्ट्रिय कण्डम दिवस लगायतका महत्वपूर्ण दिवसहरू मनाउँदै आएको छ । सुरक्षित यौन सम्पर्कलाई प्रोत्साहित गर्दै एचआईभी तथा अन्य यौन संक्रामक रोगहरूको रोकथाममा मद्दत पुर्याउने भएकाले भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने आयोजकहरूले जनाएका छन् ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *