झापामा कुकुरसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

मृत्यु

झापा। झापाको कमल गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।

शुक्रबार साँझ ७ः३० बजेको समयमा कमल- ५ सावित्रा चोकस्थित पूर्वपश्चिम लोकमार्गमा केर्खाबाट दमकतर्फ जाँदै गरेको प्र.१–०१–०१४ प ८९१४ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेको कुकुरलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

EPIC EPIC EPIC

दुर्घटनामा मोटरसाइकल चालक शिवसताक्षी नगरपालिका-२ बस्ने २६ वर्षीय पदमबहादुर पौडेल र पछाडी सवार सोही ठाउँका ४० वर्षीय नबिन आचार्य घाइते भएका थिए ।

घाइते दुवैलाई दमकस्थित निम्स अस्पताल लगिएको थियाे । त्यहाबाट थप उपचारका लागि  बीएण्डसी अस्पताल बिर्तामोड लागिएको र आचार्यकाे उपचारका क्रममा हिजै दिउँसो ४ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
3
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च