झापा।
झापामा घरायसी विवादमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्।
प्रहरीले ईलामको माङसेबुङ गाउँपालिका-४ घर भई हाल झापाको दमक नगरपालिका-२ बगर मखमली टोल बस्ने ६० वर्षीय धन बहादुर बिश्वकर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
उनले धारिलो हतियार खुकुरी प्रहार गर्दा ईन्द्र कुमारीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको गरेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।