झापा(पालिका सन्देश) – झापामा जारी निषेधाज्ञालाई अझ खुकुलो बनाइएको छ ।
डिसीसीएमसीको आज बसेको बैठकले निषेधाज्ञालाई खुकुलो बनाउँदै लामो दुरीका सार्वजनिक यातायातका साधन संचालन गर्न दिने निर्णय गरेको छ ।
त्यस्तै पसल बजार बेलुका ५ बजेसम्म संचालन हुँदै आएकोमा अब साँझ ७ बजेसम्म संचालन गर्न पाउने निर्णय गरिएको छ । अन्य निर्णय यथावत राखिएको छ भने निषेधाज्ञालाई साउन १४ गतेसम्म बढाइएको छ ।