झापामा चोरी घटनामा संलग्न ६ जना पक्राउ

झापा । झापा प्रहरीले चोरी घटनामा संलग्न छ जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा चोरी घटनाका मुख्य आरोपी कमल गाउँपालिका–३ का २२ वर्षीय सुस्मन थापा चोरीको सुनको औँठी बिक्री गर्ने कमल–३ २७ वर्षीय कृष्ण थापा, सुनको औँठी खरिद गर्ने झापा गाउँपालिका–३ स्थित पाथिभारा बराइली ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक ४३ वर्षीय अर्जुन विश्वकर्मा र नितेश बराइली, सुनको औँठी खरिद गर्ने प्रतीक्षा भेराइटी किराना पसल सञ्चालक मेचीनगर नगरपालिका–१० का ४० वर्षीय सुरेशकुमार दास र चोरीको औँठी, सिक्री र चाँदीको ब्रास्लेट खरिद गरेको आरोपमा अर्जुनधारा नगरपालिका–११ गिरी बन्धु टिस्टेटमा काम गर्ने सोही बगानको क्वाटरमा बस्ने ५१ वर्षीय सुनिल राजवंशीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

प्रहरीका अनुसार इलाम रोङ गाउँपालिका–५ स्थायी घर भई हाल अर्जुनधारा–११ मा बस्दै आएकी ३६ की दुर्गादेवी श्रेष्ठको घरमा र अर्जुनधारा–११ स्टाफ चौकका ५१ वर्षीया उमा श्रेष्ठको घरमा गत जेठ १८ गते चोरी भएको र बिर्तामोड नगरपालिका–५ नयाँ नमुना टोलकी ३५ वर्षीया गङ्गा काफ्ले पौडेलको घरमा गत जेठ २१ गते चोरी भएको थियो । सोही घटनाहरूको अनुसन्धान गर्ने क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडले चोरीमा संलग्नहरुलाई असार १७ गते चोरीका सामानसहित पक्राउ गरेको थियो । पक्राउ परेकाहरूलाई झापा जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुसन्धान कार्य अघि बढाएको डीएसपी चन्दले बताए ।  

EPIC EPIC EPIC
यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च