झापामा ‘डर्टी पेनिकल’ले दुई सय बिघामा लगाइएको धानमा क्षति

सन्तोष शर्मा
बनियानी । 
झापाको दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ ।

EPIC

धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका पाँच स्थानीय तहको दुई सय बिघा धान खेतीमा क्षति पुगेको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले जानकारी दिनुभयो । धानमा देखिने यो रोगले उत्पादनमा ८० प्रतिशत ह्रास आउने उहाँले बताउनुभयो ।

EPIC EPIC EPIC

“बाला निस्किने बेलामा धान कालो हुने, सुक्ने, फोहोर देखिने हुन्छ”, उहाँले भन्नुभयो, “शुरुमै थाहा भयो भने औषधि छिट्दा हुन्छ, नत्र केही गर्न सकिँदैन ।” धान रोप्ने बेलामै बिऊको उपचार गरिए ‘डर्टी पेनिकल’बाट बाली जोगाउन सकिने उहाँले बताउनुभयो ।

जिल्लाको भद्रपुर, हल्दिबारी, बाह्रदशी, गौरादह र अर्जुनधाराका केही स्थानमा ‘डर्टी पेनिकल’ रोग देखिएको हो । जिल्लामा लगाइएको अगुवा धानमा देखिएको यो रोगका कारण धानको दाना आधा लाग्ने, नलाग्ने हुने प्रमुख विष्टले बताउनुभयो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *