Search
Close this search box.
Search
Close this search box.

झापामा तोरी उत्पादन बढ्न सक्ने

image search 1676620928813

झापा। झापामा तोरी उत्पादन बृद्धि हुने अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र झापाका अनुसार गत बर्षको तुलनामा यस बर्ष उत्पादन बढ्ने अनुमान गरिएको हो ।

स्थानीय तहले तोरी उत्पादनलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएसगैँ तोरी उत्पादनमा बृद्धि हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । 

EPIC

‘कचनकवल, भद्रपुर, कमल लगायतका स्थानीय तहले किसानलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम ल्याएका छन् ।’ उहाँले भन्नुभयो ‘जसले तोरी उत्पादन बृद्धिमा ठुलो सहयोग पु¥याएको छ ।’

उहाँका अनुसार गत बर्ष जिल्लामा ६ हजार ६ सय ८० मेट्रिक टन तोरी उत्पादन भएको थियो । यस बर्ष भने उत्पादन बृद्धि भएर ६ हजार ९ सय ७५ मेट्रिक टन तोरी उत्पादन हुने कृषि ज्ञान केन्द्रले अनुमान गरेको छ ।

जिल्लाभर यस बर्ष ५५ सय हेक्टर क्षेत्रफलमा तोरी खेती गरिएको छ । यस बर्ष तोरीको उत्पादकत्व प्रतिहेक्टर १ दशमलव २५ प्रतिशत पुग्ने अनुमान पनि ज्ञान केन्द्रले गरेको छ ।

‘उत्पादकत्व पनि बढेर १ दशमलव २५ प्रतिशत पुग्ने अनुमान गरेका छौँ ।’ कार्यालय प्रमुख बिष्टले भन्नुभयो ‘यसवर्ष तोरीका लागि मौसम अनुकूल भएका कारण र रोग, किराको प्रकोप कम भएकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ ।’

तोरीको उत्पादन बर्षेनी बढिरहेको भएपनि जिल्ला तोरीमा आत्मनिर्भर भने हुन नसकेको उहाँले बताउनुभयो । उत्पादन बढिरहेको भएपनि बाह्य क्षेत्रबाट आयात गर्नुपर्ने अवस्था छ । सिँचाइको सुविधा भएका ठाउँमा तोरी राम्रो उत्पादन हुदैँ आएको छ ।

सिँचाइको सुविधा भएका ठाउँको पहिचान गर्दै किसानलाई प्रोत्साहन गर्न स्थानीय तहले विभिन्न कार्यक्रम ल्याउन सके जिल्ला चाँडै तोरी खेतीमा आत्मनिर्भर बन्न सक्ने उहाँले बताउनुभएको छ । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *