झापामा ब्राउनसुगरसहित तीन जना पक्राउ

झापा, फागुन ४ – झापामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन्।

EPIC

गए राति १२:१५ बजे अर्जुनधारा नगरपालिका–११ स्थित अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा–११ का २९ वर्षीय मनिष प्रधान र ४० वर्षीय बिरेन उराउलाई पक्राउ गरेको हो। उनीहरूको साथबाट प्लास्टिकसहित ३ ग्राम १३० मिलिग्राम ब्राउनसुगर फेला परेको प्रहरीले जनाएको छ।

EPIC EPIC EPIC

यस्तै, हिजो साँझ ५ बजे झापा गाउँपालिका–४ टाघनडुब्बामा ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन्। भारतबाट नेपालतर्फ आउँदै गरेका मोरङ पथरी शनिश्चरे–८ का २४ वर्षीय दिपिन माझी प्लास्टिकबाहेक १ ग्राम ६२ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन्।

पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *