झापा। झापाको कनकाई नगरपालिका ३स्थित सरस्वती टोलमा रहेको सरस्वतीको मन्दिरबाट गएराती एक समुहले मन्दिरको ताला फुटाएर दानपेटीका चोरी गरेको छ ।
रातीको समयमा चोर समुहले मन्दिरको ताला तोडेर दानपेटीका फोरेर चोरी गरेको स्थानीय नविन सिटौलाले बताउँनुभयो ।
दान पेटीकाभित्र के कति रकम थियो भन्ने नखुलेपनि गत दसै तिहार भन्दा अगाडि देखिकै भक्तजनहरुले चढाएको दान दान पेटीकामा रहेको हुदा २० हजार भन्दा वढी रकम दान पेटीकामा रहेको हुनसक्ने सरस्वती मन्दिर समितिका अध्यक्ष लीलाप्रसाद न्यौपानेले बताउँनुभयो ।
यसअघि समेत पुर्वकै पवित्र मन्दिर कनकाईधाम कोटीहोम मन्दिरको समेत २ पटक दान पेटीका चोरी भएको थियो । हाल २ पटक दानपेटीका चोरी भएसगै कोटीहोम मन्दिरमा सिसि क्यामेरा राख्नको साथै सुरक्षागार्ड समेत मन्दिरमा राखिएको छ ।
 
								 
															

















