झापामा वर्षासँगै प्रचण्ड गर्मीबाट आंशिक राहत

झापा । केहीदिन यता देशभर बढेको अत्यधिक तापक्रमले झापाको जनजीवन अस्तव्यस्त भइरहँदा बुधबार थोरै भए पनि राहत महसुस भएको छ । 

तापक्रम दिनानुदिन उकालो लाग्ने क्रममा विभिन्न स्थानको तापक्रम ३९ं डिग्री सेल्सियससम्म पुगेकामा बुधबार अपरान्ह वर्षा भएसँगै जिल्लावासीलाई राहत महसुस भएको छ ।

EPIC EPIC EPIC EPIC EPIC

गर्मीकै कारण विद्यालयहरुमा पठनपाठनमा समस्या उत्पन्न भएको भन्दै जिल्लाका ७ वटा पालिकाहरुले दुई दिन विद्यालयमा बिदा दिने निर्णय नै गरिसकेका थिए  ।  

जिल्लाको भद्रपुर, बिर्तामोड, दमक र गौरादह नगर तथा  कचनकवल, बाह्रदशी र  कमल गाउँपालिकाले २ दिन बिद्यालय बिदा दिएको जनाइएको छ । 

गर्मी बढेसँगै जिल्लाका विभिन्न पसलहरूमा पङ्खा, एसी, कुलर लगायतका सामग्री खरिद गर्नेको भीड नै लागेको देखिन्थ्यो । 

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *