झापामा सरकारी गाडीको ठक्करबाट दुईजना घाइते

झापा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई बनियानी झापाको गाडीको ठक्करबाट दुईजना गंभीर घाइते भएका छन् ।

झापाको कन्काई नगरपालिका ३ स्थित पूर्व पश्चिम राजमार्गमा आज बिहान १०।२५ बजे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को बोलेरो पिकअपले ठक्कर दिँदा पैदलयात्रीहरु कन्काई ३ बस्ने ६२ वर्षिया भूमिका तिम्सिना र भद्रपुर ५ बस्ने ४५ वर्षिय विनोद मण्डल घाइते भएका हुन् ।

EPIC EPIC EPIC

दाहिने खुट्टा र दाहिने हातमा चोट लागेकी तिम्सिनाको अबस्था गंभीर रहेको छ भने बायाँ खुट्टामा चोट लागेका मण्डलको अबस्था सामान्य रहेको छ ।

उनीहरुको बीएण्डसी अस्पतालमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईको बा २ झ २५७१ नं को गाडी इकाई प्रमुख उपसचिव रविन्द्र सुवेदी आफैले चलाएका थिए । बेलबारी ३ बस्ने ५१ वर्षिय सुवेदीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

my

दिपेन्द्र लुईटेल

लेखक पालिका सन्देश डिजिटल पत्रिकाका भोजपुर सम्वाददाता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

होमपेज
ट्रेन्डिङ
ताजा अपडेट
सर्च