झापाको मेचीनगरमा स्थानीय र सशस्त्र प्रहरी बिच झडप भएको छ । भारतीय सीमा क्षेत्रबाट सामान तस्करी गरी ल्याएको आशङ्कामा सोधपुछ र चेकजाँचे क्रममा स्थानीय सँग झडप भएको बुझिएको छ ।
स्थानीयका अनुसार सशस्त्र प्रहरीले चेकजाँचे बहानामा लाठी , बुट र खुकुरी प्रहार गरी पाँच जनालाई घाइते बनाएको बुझिएको छ ।
घाइते हुनेहरूमा दिपा बातर, हरि बातर, विशेष राजवंशी, मिलन चापागाईँ, दीपक बातर, अनाह यादव रहेको स्थानीयले बताएका छन् । घाइते पाँचै जनाको झापास्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।