Search
Close this search box.
Search
Close this search box.

झापामा सुपारी व्यापार ठप्प: ९ अर्बको उत्पादन अलपत्र

झापा । हरेक वर्ष व्यापारीहरुको भीडभाड हुने बाहुनडाँगीको सुपारी बगानमा यतिवेला सुनसान छ । भदौं अन्तिमदेखि असोज १५ सम्म बोटबाटै विक्री हुने सुपारी खरिद गर्न व्यापारीहरु देखा परेका छैनन् । फूल लाग्दै विक्री हुने सुपारी मंसिरको दोस्रो सातासम्म व्यापारी नआउँदा किसान चिन्तित बनेका छन् ।

झापामा ७० हजार परिवारको बगानमा सुपारी अलपत्र परेको छ । बगानमा लटरसम्म सुपारी उब्जाएका किसानहरु व्यापारी कुर्दै बसिरहेको बताउँछन् । मेचीनगर–४ का जीवन कुमार पाण्डे हरेक वर्ष आफ्नो सुपारी बगानबाट २ लाख ४० हजारसम्म आम्दानी गरिरहेका थिए । धान मकैं लगाउने बाली मासेर सुपारी लगाएको पाण्डे परिवार अहिलेसम्म व्यापारीहरु नआउँदा अचम्ममा परेका छन् । करिव डेढ विगाह क्षेत्रफलमा सुपारी लगाएका उनीहरुले सुपारी लगाएपछिको पहिलो उत्पादन ५० हजारमा विक्री गरेका थिए । साढे २ लाखसम्म आम्दानी गरेको बताउने उनीहरु जस्तै हजारौं परिवारको बगानमा सुपारी झारिएको छैन ।

EPIC

पाण्डे भन्छन्, ‘गत वर्षसम्म ५,६ जना व्यापारी आएर मुल्य बढाबढ गर्थे, यो वर्ष एक जना पनि आएका छैनन् । खाएर सकिदैन, के गर्ने के नगर्ने अन्यौलमा परियो ।’ उनीहरु सुपारी बेचेर धान खरिद गर्दै आएकी थिए । घर खर्च, चाडवाड, धान खरिद नै सुपारी बेचेर गरिन्थ्यो, अहिले विक्री हुने चालचुल छैन, श्रीमति चन्द्रा पाण्डे बताउँछिन् । धान मकैंभन्दा सजिलो र धान मकैंले १० वर्षमा दिने उत्पादन बराबर एकै वर्षमा दिने सुपारीमा किसानको आकर्षण बढ्दो छ । हरेक वर्ष सुपारी लगाउनेहरु बढ्दै गइरहेको झापामा यो वर्षदेखी व्यापारमा चुनौति देखिएको स्थानीय किसानको भनाई छ ।

सुपारी उत्पादक किसान संघ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले सुपारी व्यापारमा गत वर्षदेखी नै समस्या सुरु भएको बताए । उनका अनुसार ०७९ साउन १६ गते राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन विकास समितिले नेपालको सुपारीको डिएनए परीक्षण गरेर मात्र निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थमन्त्रालयमा पत्राचार गरेपछि समस्या सुरु भएको हो । डिएनए परीक्षणका लागि सरकारले अहिलेसम्म ल्याव राख्ने काम नै सुरु नगरेको तिवारीको भनाई छ । के हो डिएनए, किन गर्ने जस्ता अन्यौलका बीच सुपारीको व्यापारमा असर गरेको उनको दावी छ ।

डिएनए सम्बन्धमा नार्कका वैज्ञानिकहरुले सुपारीको बोटको मात्र डिएनए परीक्षण संभव हुने बताएका थिए । पाकेको सुपारीको डिएनए हुदैन भन्ने धारणा वैज्ञानिकहरुको छ, तिवारी भन्छन् –सरकार सुपारीको डिएनएमा अल्झिएको छ । किसान सुपारी बगान हेर्दै निराश बन्ने अवस्था छ ।

गत वर्ष प्रशोधन कर्ताहरुले डिएनएका बारेमा थाहा नभएका कारण वैना गरेका थिए । वैना गरेको सुपारी खरिद गरेर प्रशोधन गर्ने कतिपय व्यापारीहरुले अहिलेसम्म विक्री गर्न नसकेको तिवारीले जानकारी दिए । यो वर्ष मोरङमा ३, ४ जना किसानले विक्री गर्नुभएको सूचना छ, उनले भने – शान्तिनगर क्षेत्रमा ३ जनाले बेचेको भन्ने सुने ।

अध्यक्ष तिवारीका अनुसार उदयपुर देखी झापासम्म १ लाख किसानले सुपारी लगाएका छन् । त्यसमध्ये १० जना किसानको पनि बिकेको छैन । उधोगहरुमा इन्डोनेसियाबाट आयात भएको सुपारी प्रयाग गरिन्छ । स्थानीय उद्योगले स्थानीय सुपारीको प्रयोग गर्नुपर्ने हो, तर गरिरहनु भएको छैन, उनले थपे ।

सुपारी नविक्दा ९ अर्वको क्षति हुने अध्यक्ष तिवारी बताउँछन् । सरकारी तथ्याङक अनुसार १४ हजार ६ सय १७ मेट्रिक टन सुपारीको उत्पादन छ । पुरानो तथ्याङक त्यति हो, उनले भने अहिले उत्पादन बढेको छ । करिव ११ देखी साढे ११ अर्वसम्मको उत्पादन भइरहेको छ । ३५ देखी ४० वर्षसम्म उत्पादन दिने भएपछि धेरैले धानबाली छोडेर सुपारी रोप्दै आएका छन् ।

मेचीनगर –४ का वडासदस्य पवन बराइलीले सुपारी विक्री नभएपछि किसान मार्कामा परेको बताए । उनले विगत वर्षहरुमा सहजै विक्री भए यो साल विक्री हुन नसकेको जानकारी दिए । उनका अनुसार सिँचाई अभावले सुपारी उत्पादन समेत घटेको छ । उत्पादन पनि घट्यो, उत्पादित सुपारी पनि बिकेन, उनी भन्छन् –सुपारी किसान अहिले दोहोर मारमा पर्नु भएको छ ।

सुपारीको उपचार, प्राविधिक विज्ञहरुको समेत अभाव हुँदा किसान समस्यामा पर्ने गरेका छन् । सो क्षेत्रको प्रमुख नगदे बाली सुपारीमा जंगली हात्तीले समेत क्षति पुराउँदै आएको छ । क्षति वापत राहत प्राप्त गर्न नसकेको बराईलीले दुखेसो गरे । राहत निर्देशिकामा सुपारी, बाँस जस्ता उत्पादनमा क्षति हुँदा राहत नपाइने व्यवस्था सच्याउनुपर्ने उनको माग छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *