Search
Close this search box.
Search
Close this search box.

झापामा १० बजेपछि देउसी भैलो खेल्न नपाइने

झापा। जिल्ला प्रशासन कार्यालय झापाले तिहारमा राति १० बजेसम्‍म मात्रै देउसी भैलो खेल्न समयसीमा तोकेको छ । चार्डपर्वको जगेर्ना र शान्ति सुरक्षा कायम गर्ने कार्यमा सहयोग गर्न सम्पूर्ण जिल्ला बासीलाई झापा प्रशासनले अनुरोध गरेको हो ।

प्रशासनले सार्वजनिक सूचना जारी गर्दै तिहारलाई लक्षित गरेर गरिएका देउसी भैलो कार्यक्रम गर्दा सार्वजनिक यातायात र जनजीवनलाई असर पार्ने गतिविधि नगर्न/ गराउन तथा पटाका, आतिसबाजी जस्ता प्रज्वलनशील विष्फोटक पदार्थ विक्रीवितरण तथा प्रयोग नगर्न समेत आग्रह गरेको छ । त्यस्तो पाइएमा कानून बमोजिम कारबाही गर्ने प्रशासनले चेतावनी दिएको छ ।

EPIC EPIC EPIC

यसैगरी प्रशासनले मादक पदार्थ लगायतका नशालु पदार्थ सेवन गरी पर्वको समयमा सार्वजनिक स्थलमा होहल्ला, झगडा नगर्न सचेत गराउँदै त्यस्ता गतिविधि गरेमा कारबाही गर्ने चेतावनी दिइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *