झापामा ४७ हजार किशोरीले लगाए एचपीभी खोप

झापा । झापाका करिब ४७ हजार किशोरीले पाठेघरको मुखको क्यान्सर रोग विरुद्धको एचपीभी खोप लगाएका छन् ।

EPIC

५४ हजार ९७९ जनालाई खोप लगाउने लक्ष्य रहेकोमा ४६ हजार ९६९ जना किशोरीले एचपीभी खोप लगाएको जिला स्वास्थ्य कार्यालय झापाले जनाएको छ । यो लक्ष्यको ८५.४३ प्रतिशत हो ।

EPIC EPIC EPIC

स्वास्थ्य कार्यालय झापाका अनुसार विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका २ हजार ७५४ र विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका ४४ हजार २१५ जना किशोरीलाई एचपीभी खोप लगाइएको थियो ।

विद्यालयमा अध्ययनरत ९४.०९ प्रतिशतले खोप लगाउँदा विद्यालयबाहिरका ३२.०८ प्रतिशतले मात्र खोप लगाएको कार्यालयको तथ्याङ्कले देखाएको छ । विद्यालयबाहिर रहेका ८ हजार ४०५ जनालाई खोप लगाउने लक्ष्य थियो । तर, २ हजार ७५४ जनाले मात्र खोप लगाएको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो ।

यही माघ २२ गते विश्व क्यान्सर दिवसका दिन सुरु भएको खोप अभियान माघ २९ गतेसम्म सञ्चालन भएको थियो ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

tirtha_timsina

तीर्थराज तिम्सिना

तिम्सिना पालिका सन्देश अनलाइन तथा पालिका सन्देश साप्ताहिकका सम्पादक हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *