झापाली समाज कुवेतद्वारा झापाका बाढीपीडितलाई १ लाख ७१ हजार सहयोग

झापा। झापा गाउँपालिकाका बाढीपीडित परिवारलाई झापाली समाज कुवेतले एक लाख ७१ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरेको छ।

संस्थाका अध्यक्ष लिला पाण्डे, युवा संयोजक सागरजंग क्षेत्री लगायतका सदस्यहरूको उपस्थितिमा ‘एकका लागि एक’ अभियानमार्फत सो सहयोग प्रदान गरिएको हो।

EPIC EPIC EPIC EPIC EPIC EPIC

जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्दै आएको छ। समितिले निर्धारण गरेको प्याकेज अनुसार प्रत्येक परिवारलाई चामल १ बोरा, तेल १ लिटर, नुन २ केजी, आलु ५ केजी, दाल २ केजी, एक कार्टुन पानी, म्याट र कम्बल २/२ थानका दरले राहत वितरण गरिएको छ।

‘एकका लागि एक’ अभियानका संयोजक महेन्द्र कुमार गिरीका अनुसार झापाली समाज कुवेतबाट प्राप्त सहयोगबाट ५५ बाढीपीडित परिवारलाई राहत प्याकेज उपलब्ध गराइएको हो।

झापा गाउँपालिकाका वडा नं. १ र २ का विस्थापित तथा प्रभावित परिवारलाई जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा विभिन्न संघ–संस्थाको सहयोगमा संकलित राहत सामग्री वितरण गरिएको जनाइएको छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *