झापा। प्रथम कोशी प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधि झापाले जितेको छ ।
आइतबार राति विराटनगरमा भएको फाइनल खेलमा पाँचथरलाई ३ ० को गोल अन्तरले पराजित गर्दै झापाले उपाधि जितेको हो। प्रथम कोशी खेलकुद महोत्सव २०८१ अन्तर्गत भएको प्रतियोगितामा झापाले उपाधिसँगै १ लाख रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेको छ भने उपविजेता पाँचथरले ५० हजार रुपैयाँमा चित्त बुझाएको छ।
प्रतियोगिताका लागि सहभागी टिममा कनकाई नगरपालिकाका नौ जना खेलाडी सहभागी थिए । प्रतियोगितामा कनकाईकी जेनिफर मगरले प्लेयर अफ द टुर्नामेन्ट र हाइ स्कोरर घोषित हुँदै २० हजार र १५ हजार रुपैयाँ प्राप्त गरिन्।
त्यस्तै, कनकाई सिम्रन राई बेस्ट मिड फिल्डर, बेस्ट डिफेन्स नेहा चौधरी, वेस्ट गोलकिपर सुशीला चौधरी, बेस्ट फर्वाड पूर्णिमा राई, प्लेयर अफ द म्याच मनिता तुम्रोक घोषित हुँदै जनही १० हजार रुपैयाँ पाएका छन् । प्रतियोगितामा वेस्ट कोचका रुपमा झापा कनकाईका सन्त रायमाझी घोषित भएका छन् । रायमाझीले कनकाई नगरको खेलकुद दुत र कोच नियुक्त भएसँगै कनकाई नगरपालिकाका महिला खेलाडीले विभिन्न प्रतियोगितामा उपाधि हात पार्नुका साथै दर्बिलो उपस्थिति जनाउँदै आएका छन् ।
विजेता टिम र खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले उपाधि प्रदान गर्नुभएको थियो । झापाली टिमलाई हौसला प्रदान गर्न कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेल, वडाध्यक्ष रोशन सुवेदी, विजय पाठक लगायतले टिम विराटनगर पुगेको थियो