काठमाडौँ – अछाम र दैलेख जोड्ने कर्णाली नदीमाथिको झोलुङ्गे पुलचुँडिँदा १३ वटा खच्चड फसेका छन् ।
जीर्ण भएको पुलमा अछामबाट दैलेख आउँदै गरेका खच्चड फसेको र नजिकै रहेको पक्की पुल निर्माणमा आएका युवाहरूले खच्चड निकाल्ने काम गरिरहेको र थप स्थानीय स्रोत साधनको प्रयोग गरेर खच्चडको उद्धारको काम भइरहेको पन्चदेवल विनायक नगरपालिकाले जानकारी दिएको छ। २०५७ सालमा निर्माण भएको पुल जीर्ण भएकोले चुँडिएको हो ।