टिमाई पुल नजिकै अचेत अवस्थामा भेटिएका पुरुषको मृत्यु

बिर्तामोड। झापामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु, उच्च गर्मीका कारण ज्यान गएको अनुमान गरिएको छ।

झापामा एक पैदल यात्रुको मृत्युु भएको छ । झापा मेचिनगरको धुलाबारी स्थित टिमाइ पुल नजिकै लडिरहेको अवस्थामा एक पुरुष फेला परेका थिए ।

EPIC EPIC EPIC

अचेत अवस्थामा फेला परेको उनलाई उपचारका लागी नजिकैको आम्दा अस्पताल लगिएको थियो । अस्पताल पुर्याउन साथ चिकित्सकले उनलाई मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो ।

शवको पहिचान खुल्न नसकेको चन्दले बताउनुभयो । उच्च गर्मीका कारण ऊनी हिडिरहेको अवस्थामा लडेको स्थानीयले बताएका छन् ।

उनको उच्च गर्मीका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *