टी–२० शृङ्खलामा वेस्ट इन्डिजसँग नेपालको ऐतिहासिक जीत

काठमाडौंं। नेपालले वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी आई सिरिजमा विजयी सुरुवात गरेको छ।  नेपालले वेस्ट इन्डिजमाथि १९ रनको ऐतिहासिक जित हात पारेको हो। 

नेपालले आफ्नो क्रिकेट इतिहासमा पहिलो पटक कुनै पनि टेस्ट टोलीलाई हराउन सफल भएको हो। ​ 

EPIC EPIC EPIC EPIC EPIC EPIC

वेष्ट इण्डिज सन् २०१२ र २०१६ को टी–२० विश्वकप च्याम्पियन टोली हो। यो जितसँगै नेपालले तीन खेलको सिरिजमा १–० को अग्रता लिएकोछ। 

जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय २९ रन मात्रै बनाउन सक्यो। वेस्ट इन्डिजका अमिर जांगोले १९ र नविन बिडैसीले सर्वाधिक २२ रन बनाए। ओपनर काइल मेयर्स ५ रनमै रन आउट भए कलिम अगस्टे १५ रनमा क्याच आउट भएका थिए।​ जवेल एन्ड्यु ५, केसी कार्टी १६, नविन २२ र जेसन होल्डर ५ रनमा आउट भए। 

नेपालका कुशल भुर्तेलले ४ ओभरमा १७ रन खर्चेर २ विकेट लिए। दीपेन्द्रसिंह ऐरी करण केसी, नन्दन यादव, ललित राजवंशी र रोहित पौडेलले १–१ विकेट लिए।

त्यसअघि शारजाह क्रिकेट रंगशालामा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो।  नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ३८, कुशल मल्लले ३० र गुल्शन झाले २२ रन बनाएका थिए।

ओपनर कुशल भुर्तेललाई ६ र आसिफ शेख ३ रनमा  आउट भए। नेपाललाई तेस्रो विकेटलाई कुशल मल्ल र रोहित पौडेलले ५८ रनको साझेदारी गर्दै राम्रो योगफलको आधार देखाएका थिए। कुशल मल्लले २१ बलमा २ चौका र २ छक्कासहित ३० रन जोडे।

गुलशन झाले १६ बलमा २ छक्कासहित २२ रन जोडे। टेस्ट टोलीविरुद्ध संघर्ष गर्दै आएका दीपेन्द्रसिंह ऐरी १९ बलमा १ छक्कासहित १७ रनमा क्याच आउट भए। सन्दीप जोरा ९ र करण केसी डक आउट भए । १९ औं ओभरमा दीपेन्द्र, करण र सन्दीप क्याच आउट भएका थिए।​

वेस्ट इन्डिजका मध्य गतिका बलर जेसन होल्डरले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिए।  नविन बिडैसीले ४ ओभरमा २९ रन खर्चेर ३ विकेट लिए भने कप्तान अकिल हुसेनले १ विकेट लिए।

नेपालले दोस्रो खेल सोमबार र तेस्रो खेल मंगलबार खेल्ने छ।

यो समाचार तपाईलाई कस्तो लाग्यो??
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
EPIC EPIC EPIC EPIC EPIC

लेखकको बारेमा

palika-sandesh

पालिका सन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *