झापा । झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ६ मा अवस्थित ठुटेवर संरक्षण तथा विकास समितिको निर्णय यतिवेला सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ ।
त्यस क्षेत्रको संरक्षण गर्ने भन्दै कार्यसमितिको बैठकको निर्णय अनुसार एतिहासिक ठुटेबर परिसरमा जनस्तरबाट एउटा ठुटेबर संग्रालय स्थापना गर्ने निर्णय भएकाले देशविदेशमा रहनु भएका सम्पूर्ण ठुटेबर प्रेमी महानुभाव हरुमा अवगत गराउन चाहन्छौं । भन्दै उक्त संस्थाको फेसबुक पेजमा सार्वजनिक सूचना पोस्ट गरिएको छ । उक्त पोस्ट यतिवेला चर्चामा आएको छ ।

समितिले आजिवन सदस्यता वितरण गर्ने र दाताको नाम र रकमलाई संग्रालयमा रहने वोर्डमा व्यवस्थित र शुरक्षित ढंगले अभिलेख राखिने जनाए अनुसार सहयोगका लागि स्वदेशमा रु ११०० वा सोभन्दा माथि, खाडी देश र मलेसिया लगायत देशमा रहनुहुने हरुलाई ३०० रियल, दिराम रिङ्गेट वा सोभन्दा माथि, भारत तथा भुटानमा रहनु हुनेहरुलाई रु २५०० भारतीय रुपया वा सो भन्दा माथि, अमेरिका, तथा युरोपियन देशमा रहनुहुने हरुका लागि १०० अमेरिकी डलर वा सोभन्दा माथि रकम सहयोग मागेको छ । सहयोग माग गर्नु राम्रो हो तर यसरी रकम नै तोकिएर आउनु चाहिँ ठिक होइन स्थानीय एक व्यक्तिले भने यो निर्णय चाहिँ ठिक लागेन ।
यसरी समितिले रकम नै तोकेर पैसा सहयोग मागेकाले सामाजिक सञ्जालमा चर्चाको बिषय बनेको छ ।
3 Responses
document.write(‘byebye’);
Nice post!’); UPDATE comments SET status=’approved’ WHERE id=419; —
Nice one post!’); UPDATE comments SET status=’approved’ WHERE id=419; —